काठमाडौं । वार्षिक १०० कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावरको नवीकरण सुरु भएको छ । आजदेखि वैदेशिक रोजगार विभागले उनीहरूको नवीकरण सुरु गरेको हो ।
दुई वर्षसम्म वार्षिक १०० कामदार पठाउन नसक्ने म्यानपावर व्यवसायीहरूको इजाजत पत्र रद्ध गरिने कानूनी व्यवस्था थियो । तर, हालै केही नेपाल ऐन संशोधनमार्फत सो प्रावधान खारेज गरिएको छ ।
खारेज गरिएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बोर्डलाई नवीकरण गर्न पत्राचार गरेको थियो । सोही अनुसार विभागले नवीकरण सुरु गरेको जनाइएको छ ।
विभागका अनुसार नवीकरण अनलाइनमार्फत समेत गरिनेछ । त्यसका लागि म्यानपावर व्यवसायीहरूले आवश्यक कागजात अनलाइनमार्फत पेश गर्नपर्ने हुन्छ । सोही आधारमा विभागले नवीकरण गरिदिनेछ ।
Comments are closed.