एनआईसी एशिया बैंक डिबेञ्चर नेपाल स्टक एक्सचेञ्जमा सूचीबद्ध

काठमाडौं । एनआईसी एशिया बैंकको डिबेञ्चर–२०९१ नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीबद्ध भएको छ। यो डिबेञ्चर १० वर्ष अवधि र ७ प्रतिशत ब्याजदर भएको छ, जसको अंकित तथा चुक्ता मूल्य प्रति कित्ता १ हजार रहेको छ र कुल ५०,००,००० कित्ता ऋणपत्र सूचीकरण भएको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम साउन २१ गते निर्णयानुसार सूचीकरण गरिएको हो। उक्त ऋणपत्र दोस्रो बजारमा भोलि साउन २९ गतेबाट कारोबार शुरु हुनेछ ।

You might also like

Comments are closed.