यी कम्पनीका म्युचुअल फन्डको लाभांश घोषणा, कुन फन्डको कति प्रतिशत ?

काठमाडौं । तीन म्युचुअल फन्डले आर्थिक वर्ष २०८०/८१ का लागि नगद लाभांश घोषणा गरेका छन् । सानिमा क्यापिटलले सञ्चालन गर्ने सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्ड तथा कुमारी क्यापिटलले सञ्चालन गर्ने कुमारी इक्विटी फन्ड, कुमारी धनवृद्धि योजना र कुमारी सबल योजनाले लाभांश वितरणको निर्णय गरेका हुन् ।

सानिमा क्यापिटलले करसहित सानिमा लार्ज क्याप फन्डमा २१.०५ प्रतिशत र सानिमा ग्रोथ फन्डमा १५.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। लाभांश वितरण प्रयोजनार्थ भदौ ६ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ । यस अनुसार भदौ ६ गतेभन्दा अघिसम्म कायम इकाइधनीहरूले मात्र लाभांश पाउनेछन् ।

त्यसैगरी, कुमारी क्यापिटलले करसहित कुमारी इक्विटी फन्डमा ११.५ प्रतिशत, कुमारी धनवृद्धि योजनामा ११.५० प्रतिशत र कुमारी सबल योजनामा ९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

You might also like

Comments are closed.