व्यावसायिक एकता र सहकार्य सुदृढ बनाउन गण्डकी प्रदेश भेला

भीम केसी

केन्द्रीय सदस्य, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ
एवं
महासचिव
हेभी इक्विपमेन्ट व्यवसायी संघ कास्की

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ गण्डकी प्रदेशको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन साथै महासंघको केन्द्रीय कमिटि बैठक भदौ २ गते पोखरा इभेन्ट सेन्टरमा हुँदैछ । कार्यक्रम सफल बनाउनका लागि आवश्यक सम्पूर्ण तयारी हामीले पुरा गरेका छौं ।

कार्यक्रमका मुख्य प्रयोजक अटोवेज ग्रुपका चार प्रमुख ब्राण्ड बुल, कोमात्सु, टोयोटा र एथर रहनेछन् । कार्यक्रममा सहभागी हुन महासंघका केन्द्रीय अध्यक्ष, पदाधिकारी, प्रदेश संयोजकहरु, केन्द्रीय सदस्य तथा सल्लाहकारहरुसहित बृहत् उपस्थिति रहनेछ ।

देशभरबाट पोखरा आउने सम्पूर्ण अतिथिहरूको भव्य स्वागतका लागि विशेष आतिथ्य व्यवस्थासहित सजावट, खानपान र आवासमा कुनै कमी नहोस् भनेर हामीले तयारी मिलाइसकेका छौं । यो कार्यक्रम प्रदेश मात्र नभई संघको महासंघको केन्द्रीय तहको साझा भेटघाट र निर्णय मञ्च पनि हो ।

यस अवसरमा जिल्ला स्तरका गतिविधि र समस्या प्रदेश र महासंघमार्फत समाधान होस् भन्ने उद्देश्यले विस्तृत छलफल हुनेछ । महासंघले यस अधिवेशन र भेलामार्फत व्यावसायिक एकता, सहकार्य र आपसी सम्बन्धलाई अझ मजबुत बनाउन सक्ने हामीले अपेक्षा गरेका छौं ।

You might also like

Comments are closed.