भावी योजना तर्जुमा गर्न गण्डकी प्रदेश भेला फलदायी हुनेछ

अमृत घिमिरे

संयोजक, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ गण्डकी प्रदेश

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको नयाँ केन्द्रीय कमिटि गठन भएसँगै देशभरका प्रदेशमा नयाँ कार्यसमिति चयन तथा भेलाहरु आयोजना गर्ने कार्यक्रमहरु तर्जुमा भएका छन् । यसैक्रममा पहिलो पटक प्रदेश भेला तथा अधिवेशन गण्डकीबाट सुरु भइरहेको छ ।

महासंघको महाधिवेशनले मलाई गण्डकी प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरेको छ । सोही जिम्मेवारी अनुसार पोखरामा आयोजित भेला तथा अधिवेशनबाट मेरो नेतृत्वमा प्रदेश महासंघको नयाँ कार्यसमिति चयन हुनेछ । केन्द्रको चौथो पूर्ण बैठक, महासंघको गण्डकी प्रदेश स्तरीय भेला तथा अधिवेशनसँगै गोष्ठीसमेत हुँदैछ ।

गण्डकी प्रदेशमा भएका हेभी इक्विपेमन्ट व्यवसायीहरुका समस्याहरुको पहिचान गरी समाधानका उपायहरुको खोजी गर्न एवं व्यावसायिक अवस्थाको समिक्षा गरी भावी योजनाहरुको तर्जुमा गर्नका लागि गण्डकी भेला तथा अधिवेशन फलदायी र महत्वपूर्ण हुनेमा हामी विश्वस्त छौं । गण्डकी अधिवेशनको सफलतापछि महासंघले अन्य सबै प्रदेशमा क्रमशः यस्ता कार्यक्रमहरु सम्पन्न गर्नेछ ।

देशभरका व्यवसायीहरुलाई आआफ्नो प्रदेशमा भेला गराई अधिवेशनसमेत गराउँदा व्यवसायीहरुको सक्रियता बढ्नेछ । महासंघले काठमाडौंमा मात्रै केन्द्रित नभइ प्रदेश तथा जिल्लाहरुमा केन्द्रीय कमिति बैठक आयोजना गर्नु र भेलाहरु आयोजना गर्नु राम्रो पक्ष हो ।

पोखरामा आयोजित महासंघको चौथो पूर्ण बैठकले महासंघका बिगतका कार्यक्रमहरुको समिक्षासहित नयाँ योजनाहरु तय गर्नेछ । पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन पोखरा आउनुभएका सम्पूर्ण व्यवसायी साथीहरुलाई हामी हार्दिक स्वागत गर्दछौं ।

 

You might also like

Comments are closed.