पोखरा । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्षमा अमृत घिमिरे चयन भएका छन् । आइतबार पोखरामा भएको गण्डकी प्रदेशस्तरीय भेला तथा अधिवेशनले घिमिरेको अध्यक्षतामा महासंघ गठन गरेको हो ।
उपाध्यक्षमा बालकृष्ण कोइराला, सचिवमा भिमसेन क्षेत्री (भिम केसी), कोषाध्यक्षमा लिला मोहन कुईकेल रहेका छन् । यस्तै महासंघको सदस्यहरुमा उमानाथ आचार्य, प्रेमबहादुर घिमिरे र मङ्गल कुमाललाई चयन गरिएको छ ।
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष उमाकान्त शर्माले अधिवेशन उद्घाटनको अवसरमा बोल्दै हेभी इक्विपमेन्ट व्यवसायलाई व्यवस्थित गर्नुपर्ने र राज्यले पनि यस क्षेत्रलाई प्राथमिकता राखेर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा अटोवेज ग्रुपका अध्यक्ष नारायणप्रसाद पौडेलले विकास निर्माणको क्षेत्रमा हेभी इक्विपमेन्ट व्यवसायको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
गण्डकी प्रदेशबाट सुरु भएको प्रदेश महासंघ गठन अब मुलुकका अन्य प्रदेशमा पनि प्रदेशस्तरिय महासंघ गठन गरिने तयारी रहेको जनाइएको छ । सो अनुसार महासंघले व्यवसायीलाई सक्रिय बनाएर तयारीमा जुटेको छ ।
Comments are closed.