सर्पदंशको जोखिम नियन्त्रण गर्न पहल सुरु

झापा । मेटलाइफ नेपालले बढ्दो सर्पदंशको जोखिमका सम्बन्धमा पहल सुरु गरेको छ ।

झापास्थित कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँग साझेदारी गर्दै बढ्दो तापक्रम र कृषिमुखी जीवनशैलीले ग्रामीण क्षेत्रमा समुदायको जोखिम बढ्दै जान थालेकाले न्युनिकरणका लागि पहल थालेको हो ।

समुदायमा सर्पदंशको रोकथाम र तात्कालिक प्रतिक्रिया सम्बन्धी ज्ञान बढाउने, झापाको मध्य भागका ग्रामीण बासिन्दालाई उपचार सुविधामा सजिलो पहुँच उपलब्ध गराउने र सर्पदंशका कारण हुने मृत्युको संख्या घटाउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरेको हो ।

केन्द्रको प्रयासलाई समर्थन गर्दै मेटलाइफ नेपालले जनचेतना अभिवृद्धि अभियानमा योगदान पु‍र्याउने, रोकथामका उपायलाई प्रोत्साहन गर्ने र समयमै जीवनरक्षक उपचारको पहुँच मजबुत पार्नेछ ।

कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँग सहकार्य गरेर समुदायलाई सर्पदंशबाट बच्न आवश्यक ज्ञान मात्र नभई समयमा अत्यावश्यक उपचारमा पहुँच सुनिश्चित गर्न प्रतिबद्ध रहेको मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले बताए ।

You might also like

Comments are closed.