काठमाडौं । इन्फिनिक्सले नेपालमा आफ्नो नयाँ HOT 60 Pro Series सार्वजनिक गरेको छ । यस अन्तर्गत HOT 60 Pro+ र HOT 60 Pro मोडल उपलब्ध छन् । आकर्षक डिजाइन, दमदार प्रदर्शन र आधुनिक सुविधासहित यी फोनहरूले मिड–रेञ्ज स्मार्टफोन बजारलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
HOT 60 Pro+ नेपालमा आफ्नै सेगमेन्टमा सबैभन्दा पातलो फोन बनेको छ । मात्र 5.95mm मोटाइ र 155 ग्राम वजनसहित आएको यो फोन स्लिम देखिनुका साथै प्रयोगमा पनि सहज छ । यसमा 5160mAh क्षमताको ब्याट्री 45W फास्टचार्जसहित दिइएको छ, जसले लामो समयसम्म पावर प्रदान गर्छ । साथै 1.5K 144Hz कर्भ्ड AMOLED डिस्प्ले, MediaTek Helio G200 प्रोसेसर, 50MP SONY IMX882 क्यामेरा र In-Display Fingerprint जस्ता सुविधा उपलब्ध छन् । यस मोडलको मूल्य 8GB RAM र 128GB स्टोरेज संस्करणमा रु. 26,999 निर्धारण गरिएको छ ।
यस्तै, HOT 60 Pro विशेष गरी गेमिङ र मनोरञ्जनका लागि लक्षित गरिएको छ। 6.6mm स्लिम डिजाइन र 170 ग्राम मात्र वजन भएको यस फोनमा Corning® Gorilla® Glassसहितको 1.5K 144Hz AMOLED डिस्प्ले, 5160mAh क्षमताको ब्याट्री र 45W फास्टचार्ज सुविधा छ । स्मूथ प्रोसेसिङका कारण यो फोन गेम खेल्न रुचाउने प्रयोगकर्ताका लागि उपयुक्त मानिएको छ। HOT 60 Pro को मूल्य 8GB RAM र 128GB स्टोरेज संस्करणमा रु. 20,999 तोकिएको छ ।
यी दुवै मोडलहरू अब नेपालभरका विभिन्न आउटलेटमा विभिन्न आकर्षक रंगमा उपलब्ध छन्। प्रिमियम डिजाइन, शक्तिशाली स्पेसिफिकेसन र किफायती मूल्यको संयोजनमार्फत HOT 60 Pro Series ले नेपाली बजारमा नयाँ स्ट्यान्डर्ड कायम गर्ने विश्वास गरिएको छ ।
इन्फिनिक्स मोबिलिटी एक अन्तर्राष्ट्रिय स्मार्टफोन ब्रान्ड हो, जसले २०१३ देखि बजारमा स्टाइलिश र भरपर्दो उत्पादनहरू प्रस्तुत गर्दै आएको छ । हाल ७० भन्दा बढी मुलुकमा उपस्थित यस ब्रान्डले आधुनिक प्रयोगकर्ताको जीवनशैलीसँग मेल खाने प्रिमियम स्मार्टफोनहरू किफायती मूल्यमा उपलब्ध गराउँदै आएको छ ।
Comments are closed.