काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपछि आज सेयर कारोबार स्थगन गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक सूचना सार्वजनिक गर्दै सोमबारको कारोबार स्थगन गरिएको जनाएको छ ।
सूचनामा भनिएको छ, “चक्रपथभित्र कफ्र्यु आदेश जारी भएको तथा धेरै कारोबार सदस्य र लगानीकर्ताबाट समेत कारोबार स्थगन गर्न अनुरोध भइआएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ ९१० अनुसार आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ ।”
Comments are closed.