पोखरा । देशभर जेनजी आन्दोलनको क्रममा भएको घटनाले चिन्ताजनक अवस्था सिर्जना गरेको भन्दै पश्चिमाञ्चल अटोमोबाइल डिलर्स (वाडा ) एशोसिएसनले गहिरो ध्यानाकर्षण गराएको छ ।
एशोसिएसनले आन्दोलनमा सहभागी जेनजी पुस्ताको नेतृत्वमा भएको आन्दोलनमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । आन्दोलनको क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
गत २४ गतेको आन्दोलनमा पूर्व अध्यक्षहरू बिन्दुकुमार थापा, धुव्रबहादुर थापा, सल्लाहकार नारायणप्रसाद पौडेल, सदस्यहरू सत्यराज पौडेल, सौरभ थापा, संस्थापक सदस्य शान्तराज बतास लगायतको व्यवसायमा भएको क्षति र मानवीय क्षतिप्रति एशोसिएसनले दुःख व्यक्त गरेको छ ।
“यस असहज समयमा सम्पूर्ण व्यवसायीहरुले सतर्कता अपनाई आफू र व्यवसायको सुरक्षामा विशेष ध्यान दिनुपर्छ,” अध्यक्ष दीपेन्द्र कोइरालाले हस्ताक्षरित अपील पत्रमा भनिएको छ । साथै, एशोसिएसनले पूर्ण सहयोग र सहकार्यको अपेक्षा पनि गरेको छ ।
Comments are closed.