चितवन । जेनजी प्रदर्शनले भरतपुर महानगरपालिकामा ठूलो क्षति पुर्याएको छ । महानगरमा करिव रु २ अर्ब बढीको क्षति पुगेको अनुमान गरिएको छ ।
प्रदर्शनको क्रममा महानगरपालिकाको कार्यालय तथा वडा कार्यालयमा क्षति पुगेको छ । यहाँ भएका क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको महानगरपालिकाले जनाएको छ । प्रदर्शनकारीको आक्रमणका कारण कार्यालयका विभिन्न सामान जलेर नष्ट भएका छन् ।
महानगरपालिकाका २९ वडामध्ये २० वटा वडामा क्षति पुगेको जनाइएको छ । वडा नं. २, ९, ११, १२, २०, २५, २७, २८ र २९ बाहेकका कतिपय वडामा पूर्ण रुपमा क्षति पुगेको छ भने कतिपयमा आंशिक क्षति भएको छ ।
Comments are closed.