काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले हालै भएको आन्दोलनका क्रममा लुटपाट र चोरी भएका सामान ढुवानी नगर्न आफ्ना सदस्य व्यवसायीलाई निर्देशन दिएको छ।
महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले सोमबार जारी गरिएको सूचनामा भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा विभिन्न कार्यालय र पसलमा भएको आगजनी, तोडफोड र लुटपाटका क्रममा चोरी भएका हतियार तथा अन्य सामग्री ढुवानी साधनमार्फत ओसार–पसार हुन सक्ने आशंका रहेको जनाएका छन् ।
यसरी लुटपाटमा परेका सामानहरूको अवैध ओसार–पसार भएमा कानूनी समस्या निम्तिन सक्ने भन्दै महासंघले सबै सदस्य संस्थालाई सचेत रहन र व्यवसायीलाई त्यस्ता सामान नओसार्न आग्रह गरेको छ ।
Comments are closed.