‘सुदूरपश्चिम महोत्सव २०८३’ मंसिर २२ देखि पुस ५ गतेसम्म हुने

धनगढी । ‘पर्यटन, संस्कृति, उद्योग र व्यापार : समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूल नाराका साथ धनगढीमा ‘सुदूरपश्चिम महोत्सव २०८३’ आयोजना हुने भएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव आगामी मंसिर २२ गतेदेखि पुस ५ गतेसम्म सञ्चालन हुनेछ।

महोत्सव धनगढी उप–महानगरपालिका–१ स्थित पशुपतिटोलमा सञ्चालन हुने आयोजकले जनाएको छ। महोत्सवको तयारी तीव्र पारिएको जनाइएको छ। महोत्सवले सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, स्थानीय उत्पादन, उद्योग तथा व्यापारको प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

महोत्सवका विषयमा धारणा राख्दै अध्यक्ष पुष्कर ओझाले महोत्सव सुदूरपश्चिमको आर्थिक तथा सांस्कृतिक पहिचानलाई उजागर गर्ने महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे । उनले स्थानीय व्यापार–व्यवसाय चलायमान बनाउन, उद्यमशीलता प्रवर्द्धन गर्न तथा प्रदेशको समग्र समृद्धिका लागि महोत्सव कोशेढुङ्गा सावित हुने बताए।

महोत्सवको सचिवालय कैलाली उद्योग वाणिज्य संघ, धनगढी, कैलालीमा स्थापना गरिएको छ।

You might also like

Comments are closed.

Secret Link