२२ अर्ब २५ करोड बराबरको बिमा दाबी

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोडको क्षतिपूर्तिका लागि बिमा दाबी परेको छ ।

२२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबर बिमा दाबी पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा छ ।

बागमतीमा १७ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ । कूल एक हजार तीन सय ४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।

माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बिमा कम्पनीमा दुई हजार चार सय ७८ वटा दाबीको आवेदन परेका प्राधिकरणले जनाएको छ ।

 

 

You might also like

Comments are closed.