सराङ्गकोट बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न, अध्यक्षमा बानियाँ निर्विरोध निर्वाचित

काठमाडौं । सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औ वार्षिक साधारण सभा एवं सातौँ अधिवेशन सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन संस्थाका ज्येष्ठ सदस्य अधिवक्ता डा. कृष्ण गोपाल पराजुलीले गरेका हुन् । कार्यक्रम उद्घाटन गर्दै पराजुलीले सहकारीमा सेयर सदस्यको सहभागीता महत्वपूर्ण रहने बताए ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष थापाले संस्थामा ६३९ शेयर सदस्यमार्फत यसवर्ष १ अर्ब ८९ करोड बचत सङ्कलन गरी बचत फिर्ता १ अर्ब ७८ करोड, लगानी ४६ करोडसहित ५६ करोड २४ लाखको वासलात रहेको जानकारी गराएका छन् ।

साधारण सभाले उपाध्यक्ष बसन्तबहादुर बानियाँ सचिव कुलप्रसाद सुवेदी, कोषाध्यक्ष राममणी पौडेल, लेखा संयोजक शिवबहादुर बानियाँ, व्यवस्थापक सुरेन्द्र थापाले प्रस्तुत गरेको प्रतिवेदन, रणनीतिक योजना, प्रस्तावित कार्यक्रम पारित गरेको छ । कार्यक्रमको अवसरमा शेयर सदस्य अधिवक्ता गोविन्द पौडेल, उत्कृष्ट कर्मचारी पवन श्रेष्ठ, ज्येष्ठ सदस्य सनकमान बाटाजु र शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको छ ।

पूर्व अध्यक्ष प्रेमबहादुर जि.सी, सुशीलराज पराजुली, सल्लाहकार सोभियतबहादुर अधिकारी, कमलनयन गौतम, डा. इन्द्रमान महर्जन, इन्द्रकमल मानन्धर, निर्वाचन समिति संयोजक चिन्तामणी बास्तोला, सदस्य गणेशबहादुर अधिकारी, सञ्चालक सदस्य विकल पौडेल र तारादेवी थापा लगायतले बोल्दै सहकारीलाई दिगो रुपमा परिणाम दिन सक्ने गरी योजना बनाउनुपर्ने बताएका छन् ।

अधिवेशनले शिवबहादुर बानियाँ अध्यक्ष रहेको नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा रामणी पौडेल, सचिवमा जयराम पौडेल, कोषाध्यक्षमा शिवबहादुर थापा, सञ्चालक सदस्यहरुमा छविलाल तिमिल्सिना, आरती श्रेष्ठ, रिता क्षेत्री, ध्रुवकुमार सुञ्चौरी, पुष्पा महर्जन रहेका छन् । लेखा समिति संयोजकमा कुलप्रसाद सुवेदी, सदस्यहरुमा मायकुमारी शर्मा र तारादेवी थापा रहेका छन् ।

२०६३ मा सामुदायिक सहभागितासहित रेडियो सराङ्गकोट सञ्चालन गर्ने गरी शुरुवात गरिएको यस संस्थाले स्थापनादेखि रेडियो सराङ्गकोटको प्रशारण, सामाजिक रचनात्मक क्रियाकलाप, रक्तदान, शैक्षिक सहयोग जस्ता कार्यक्रम गर्दै आएको छ ।

You might also like

Comments are closed.