पोखरा रोयल बचत तथा ऋण सहकारीको नयाँ नेतृत्व चयन, अध्यक्षमा रुद्रकुमारी

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व चयन भएको छ । संस्थाको आगामी कार्यकालका लागि रुद्रकुमारी गुरुङ (मैना) अध्यक्ष रहेको नयाँ सञ्चालन समिति नियुक्त गरिएको छ ।

सञ्चालक समितिको उपाध्यक्षमा चन्द्रप्रसाद गुरुङ, सचिवमा केशवप्रसाद ढकाल, कोषाध्यक्षमा सूर्य मोहन ढकाल, सदस्यहरुमा एकबहादुर गुरुङ, खिमकुमारी गुरुङ, जङ्गबहादुर गुरुङ, हिरालाल श्रेष्ठ र पूर्णिमा अधिकारी रहेका छन् ।

नारायण सुवेदी संयोजक रहेको ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन भएको छ । समितिको सदस्यहरुमा अपीला ढकाल र दुर्लब थापा रहेका छन् । संस्थाको २४ औँ वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो ।

You might also like

Comments are closed.