जीवन बीमक संघ नेपालको छैठौँ वार्षिक साधारण सभा सकिएको छ । काठमाडौंमा सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति गठन गरेको छ ।
साधारण सभामार्फत प्रवीण रमण पराजुली सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् । पराजुली नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका वर्तमान प्रमुख कार्यकारी अधिकृत हुन् ।
संघको विधान अनुसार नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रकाश विक्रम खत्री (सूर्यज्योति लाइफ), सचिवमा नारायण लोहनी (रिलायबल नेपाल), कोषाध्यक्षमा दिनेश लाल श्रेष्ठ (एशियन लाइफ) र सदस्यहरुमा मनोजलाल कर्ण (हिमालयन लाइफ), सुन्दर पन्थी (राष्ट्रिय बीमा संस्थान) र प्रणय कुमार (एलआइसी नेपाल) रहेका छन् ।
नयाँ कार्यसमितिले आफ्नो कार्यकालमा नेपाली बीमा क्षेत्रको विकास, बीमा सचेतना अभियान, जीवन बीमा कर्मचारीको क्षमता अभिवृद्धि एवं हकहित संरक्षण, बीमा सेवाको सर्वसुलभ विस्तार, बीमित हितका विविध कार्यक्रम तथा नीति निर्माण तहमा गर्नुपर्ने प्रभावकारी भूमिकामा क्रियाशील रहने प्रतिबद्धता जनाएको छ ।
सभामा संघका सदस्यहरू तथा विभिन्न बीमा कम्पनीका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा जीवन बीमा क्षेत्रमा देखिएका हालका चुनौतीहरू, सम्भावना र संघको भावी रणनीतिबारे छलफल गरिएको छ ।
Comments are closed.