पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले वर्षेनी सडक महोत्सव आयोजना गर्दै आइरहेको छ । यसैक्रममा रेवान पोखराले आगामी पुस १३ गते देखि १७ गतेसम्म ‘२७औं पोखरा सडक महोत्सव’ आयोजना गर्ने भएको छ ।
उक्त महोत्सव सफल बनाउन रेवान पोखराले तयारी सुरु गरेको छ । यसैक्रममा बिहीबार बसेको कार्यसमिति बैठकले २७औं सडक महोत्सवको संयोजकमा वसन्त गौतमलाई चयन गरेको छ । महोत्सवको सहसंयोजकमा कार्यसमिति सदस्य सुनिलबहादुर भट्टराई र सुमन भट्टराई चयन मनोनीत भएका छन् ।
महोत्सवको स्टेरिङ कमिटि अध्यक्ष विश्वराज पौडेलको नेतृत्वमा रहेनेछ । उक्त कमिटिमा निवर्तमान अध्यक्ष नरेश भट्टराई, महोत्सव संयोजकमा वसन्त गौतम, द्वितीय उपाध्यक्ष विकास भट्टराई, महासचिव वीरेन्द्र शेरचन र कोषाध्यक्ष रोशन जंग कार्की रहनेछन् ।
बिगत २६ वर्षदेखि पोखराको लेकसाइड क्षेत्रमा अँग्रेजी नयाँ बर्षको स्वागतार्थ सडक महोत्सव हुँदै आइरहेको छ ।
‘सडक मै खाउ, सडक मै रमाउँ’ उद्देश्यका साथ आयोजना हुने सडक महोत्सव आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्दै आइरहेको छ ।
Comments are closed.