काठमाडौंमा मठ–मन्दिर र ट्रष्टका नाममा रहेका जग्गा बिक्रीमा रोक

काठमाडौं ।  मठ–मन्दिर, ट्रष्ट र विभिन्न संघ–संस्थाका नाममा रहेका जग्गा तथा अचल सम्पत्तिको अवैध कारोबारमाथि काठमाडौं जिल्ला प्रशासन कार्यालयले कडाइ गरेको छ ।

प्रशासनले यसअघि जारी निर्देशनको पुनः स्मरण गराउँदै यस्ता धार्मिक तथा संस्थागत सम्पत्ति बिक्री–वितरण नगर्न कडा चेतावनी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा, केही संस्थाहरूले प्रतिबन्धका बाबजुद जग्गा बेच्ने वा लिखत पास गर्ने प्रयास गरेको उल्लेख गरिएको छ । त्यसअनुसार, काठमाडौंका सबै मालपोत कार्यालयहरूलाई यस्ता जग्गा लिखत पास नगर्न निर्देशन दिइएको छ ।

प्रशासनले निर्देशन उल्लंघन भएमा सम्बन्धित व्यक्ति वा संस्थामाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ ।

You might also like

Comments are closed.