काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण समूहतर्फका अवितरित ४ लाख ५९ हजार ३४९ कित्ता हकप्रद शेयर लिलाम बिक्रीमा ल्याएको छ ।
कम्पनीले गत भदौ ३ गतेदेखि असोज ५ गतेसम्म हकप्रद शेयर निष्काशन गरी बाँडफाँड गर्दा सो अवधिमा माग नभएकाले बाँकी शेयरलाई लिलाम प्रक्रियामार्फत बिक्रीमा राखिएको हो । लिलाममा सहभागिता जनाउन इच्छुक लगानीकर्ताले कम्तीमा १०० कित्ताका लागि तथा बढीमा १० को गुणकमा वा सम्पूर्ण अवितरित शेयर माग गर्न सक्ने व्यवस्था गरिएको छ। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।
लिलामका लागि बोलपत्र कात्तिक १२ गतेदेखि कात्तिक १९ गते बुधबार दिउँसो ३ बजेसम्म पेश गर्न सकिनेछ । बोलपत्र फारम बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड, डिल्लीबजार वा सिटिजन्स बैंकका कुमारीपाटी, ठिमी, इटहरी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर (भानुचोक), नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा (न्युरोड), बुटवल (पाल्पा रोड) तथा हेटौंडा शाखाबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यस लिलाममा संस्थापक, सर्वसाधारण, कम्पनी तथा संघसंस्था सबैले सहभागिता जनाउन सक्नेछन् ।








Comments are closed.