दोहोरो अंकले बढ्यो शेयर बजार

काठमाडौं ।  आज साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ३४.२२ अंकले बढेर २,६०० विन्दुमा पुगेको छ । आज २१६ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१९ कम्पनीको २ करोड ६० लाख १० हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५१ करोडभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा बढी हिमालयन बैंकको प्रोमोटर शेयर कारोबार भएको छ, जसको मूल्य १ अर्ब ६६ करोडभन्दा माथि पुगेको छ । राधि विद्युत कम्पनीको ३७ करोड ६० लाख र नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड १० लाखको शेयर कारोबार भएको छ ।

लगानीकर्ताको मुनाफा हेर्दा गुराँस लघुवित्त र उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत दरले लाभ कमाएका छन् । सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले ९.५४ प्रतिशत र गणपति लघुवित्तका लगानीकर्ताले ९ प्रतिशत लाभ पाएका छन् ।

उत्कृष्ट बजार प्रदर्शनबाहेक, एनआइबिएल स्टेबल फन्डका इकाईधनीले आज ५ प्रतिशत घाटा भोग्नु परेको छ ।

You might also like

Comments are closed.