समृद्ध नेपालका लागि व्यावसायिक कृषि आवश्यक

टिकाराम घिमिरे, अध्यक्ष, नेपाल कृषि तथा व्यवसायी संघ

नेपाल कृषि तथा व्यवसायी संघ हालै स्थापना भएको गैरनाफामूलक संस्था रहेको छ । बिशेषगरी कृषि तथा पशुपंक्षी व्यावसायको क्षेत्रमा बिशेष काम गर्ने उद्धेश्यका साथ संस्था स्थापना भएको हो । संस्थापक अध्यक्ष रहेर संस्थालाई अगाडि बढाउने जिम्मेवारी प्राप्त गर्दा गौरव महसुस भएको छ ।

देशभरको निजि क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको वस्तुगत संस्थाको मान्यता समेत प्राप्त गरिसकेको यो संस्थाले पशुपंक्षी तथा कृषि व्यावसायको क्षेत्रमा बिशेष अभियानका साथ काम अगाडि बढाइसकेको छ । हामीले बिशेषगरी देश विकासको मेरुदण्ड मानिएको विकासको समृद्धिको मुख्य आधार मानिएको कृषि क्षेत्रको समग्र विकास हुनुपर्छ भन्ने मान्यताका साथ काम गरिरहेका छौँ ।

व्यावसायिक कृषिको विकास बिना समृद्ध मुलुक सम्भव छैन । नेपाल कृषि प्रधान देश भएपनि अधिकांश प्रोडक्टहरु विदेशबाट आयात गर्नुपर्ने वर्तमान वास्तविकता छ । अब आयात घटाउँदै निर्यातलाई बढाउनका लागि नेपालमा उत्पादन बढाउनु आवश्यक छ । उत्पादन बढेसँगै वस्तुहरुको निर्यात पनि बढाउन जरुरी छ । नेपालबाट कृषि प्रोडक्टहरु केही मात्रामा निर्यात भएपनि त्यो निकै कमजोर अवस्थामा छ ।

अब व्यावसायिक उत्पादन बढाउँदै विदेशी वस्तुसँग प्रतिष्पर्धी मूल्यमा वस्तुहरु उत्पादन गर्दै आगामी दिनमा निर्यातमा समेत जोड दिदै व्यावसायिक कृषिको विकासमा नेपाल सरकारले प्राथमिकता दिनुपर्छ । नेपालको समृद्धिका लागि कृषि, ऊर्जा र पर्यटन मुख्य आधार मानिएको छ । यी तीन आधारमध्ये कृषि पनि महत्वपूर्ण हिस्सा हो । आधुनिक कृषिबाट विदेशमा वस्तुहरु निर्यात गर्दै व्यापार घाटा कम गर्न पनि सकिन्छ । यसतर्फ हामीले ध्यान दिएका छौँ । नेपाल सरकारले पनि यसमा प्राथमिकता दिन जरुरी छ ।

यसै सन्दर्भमा नेपाल कृषि तथा व्यवसायी सङ्घले नेपालमा कृषिको व्यावसायिक विकासको सन्दर्भमा पहल गर्नका लागि विभिन्न स्टेकहोल्डरसँग छलफल तथा अन्तक्र्रिया कार्यक्रम पनि अगाडि बढाइरहेको छ । यही क्रममा कात्तिक २८ गते काठमाडौंको लाजिम्पाटस्थित दुषित थानी होटलमा हामीले समृद्धिका लागि कृषि विषयमा कार्यक्रम गरिरहेका छौँ । देशभर कृषिसँग सरोकार राख्ने व्यक्तिको बृहत् उपस्थितीमा कार्यक्रम हुनेछ ।

You might also like

Comments are closed.