वागमती प्रदेशको पुँजीगत खर्च चार महिनामा ७.२७ प्रतिशत मात्र

काठमाडौं ।  वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल बजेटको ७.२७ प्रतिशत मात्र खर्च गरेको छ । पुँजीगत खर्च दर सुधार गर्न धेरै प्रयास भए पनि प्रगति अपेक्षित स्तरमा पुग्न नसकेको तथ्यांकले देखाउँछ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार, चालु आवका लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो। तर, चार महिनासम्ममा ४ अर्ब ९० करोड ३५ लाख ८६ हजार रुपैयाँ मात्रै खर्च भएको छ ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेशसभा सचिवालयले २७ प्रतिशत, प्रदेश लोकसेवा आयोगले २० दशमलव ९२ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले १८ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले १६ दशमलव ९१ प्रतिशत, श्रम, रोजगार तथा यातायात मन्त्रालयले १६ दशमलव ६३ प्रतिशत र स्वास्थ्य मन्त्रालयले १६ दशमलव ३७ प्रतिशत बजेट खर्च गरेको छभने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले एक दशमलव १४ प्रतिशत बजेट खर्च गरेको छ ।

You might also like

Comments are closed.