आयसर राष्ट्रिय मेगा सर्भिस क्याम्पमा ग्राहकलाई विशेष छुट र सेवा सुविधा

काठमाडौं । बतास एम.ए.डब्ल्यू. कमर्सियल भेइकल्सले EICHER ग्राहकका लागि विशेष रूपमा राष्ट्रिय मेगा सर्भिस क्याम्प गर्ने भएको छ। क्याम्प आगामी मंसिर १७ गते देखि मंसिर २९ गतेसम्म सञ्चालन हुनेछ।

क्याम्पको उद्देश्य सवारी साधनको कार्यक्षमता बढाउने, उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्ने र ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने रहेको बताइएको छ । क्याम्पमा आकर्षक छुट र सेवा उपलब्ध हुनेछन् ।

नेपालभरका सबै Eicher Exclusive Workshop तथा सबै शाखामा उपलब्ध यस मेगा सर्भिस क्याम्पमार्फत ग्राहकले निःशुल्क सर्भिस तथा छुट सुविधा प्राप्त गर्न सक्नेछन्। निरन्तर र सहज सेवा पाउनका लागि अग्रिम बुकिङ अनिवार्य गरिएको छ।

ग्राहकलाई क्याम्प अवधिमा स्पेयर पार्ट्समा १२ प्रतिशत छुट, अन्य लुब्रिकेन्ट्समा १८ प्रतिशत छुट, EICHER लुब्रिकेन्ट्समा २५ प्रतिशत छुट, ठुला मर्मत कार्यहरूको ज्यालामा २० प्रतिशत छुट, निस्शुल्क बम्पर-टु-बम्पर चेकअप र ३५-पोइन्ट इन्सपेक्सन तथा प्रत्येक सहभागी सर्बिसिंग मा सहभागी ग्राहकलाई निस्शुल्क विण्डचिटर प्रदान गरिने कम्पनीले जनाएको छ।

बतास एम.ए.डब्ल्यू. कमर्सियल भेइकल्सका प्रतिनिधिका अनुसार, यो क्याम्प EICHER ग्राहकलाई उनीहरूको सवारी साधनलाई उत्कृष्ट अवस्थामा राख्न मद्दत गर्ने र उनीहरूको सन्तुष्टि बढाउने लक्ष्यका साथ आयोजना गरिएको हो ।

You might also like

Comments are closed.