स्वर्णिम होटल लिमिटेडको अध्यक्षमा पुनः नरेशलाल श्रेष्ठ, आइपिओको तयारी

काठमाडौं । इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आइएजजी) को ब्रान्ड र व्यवस्थापनमा सञ्चालित होलिडे इन एक्सप्रेस काठमाडौंको स्वामित्व कम्पनी स्वर्णिम होटल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले सर्वसम्मत नयाँ सञ्चालकहरु चयन गरेको छ ।

सञ्चालक समितिको अध्यक्षमा पुनः नरेश लाल श्रेष्ठ निर्वाचित भएका छन् । प्रबन्ध संचालकमा महेश्वर श्रेष्ठ (सिन्या) निर्वाचित भएका छन् भने सञ्चालकहरुमा निलिमा श्रेष्ठ, घनश्याम थापा चयन भएका छन् । नेपाल लाइफ इनभेष्टमेन्ट कम्पनी लि.को प्रतिनिधित्व गर्दै विनय भण्डारी सञ्चालक चयन भएका छन् भने स्वतन्त्र सञ्चालकमा स्वरुपा श्रेष्ठ चयन भएकी छन् ।

कम्पनीले सेवा विस्तारको उद्देश्यले नयाँ भवन निर्माण गर्न लागेको छ । जसमा ब्याङवेट हल, पूल र स्पा समावेश हुनेछन् । निर्माण कार्य सम्पन्न भएपछि होटल चार-तारे होटलमा स्तरोन्नति गर्ने योजना छ ।

साधारणसभामा बोल्दै अध्यक्ष श्रेष्ठले आधुनिक सुविधासम्पन्न होटल सञ्चालन गर्नुका साथै काठमाडौंमा सर्वश्रेष्ठ अतिथि अनुभव प्रदान गर्नु नै आफूहरुको उद्देश्य रहेको बताए । ‘नयाँ भवन निर्माण र सेवाको विस्तारले हामीलाई चार-तारे होटलको स्तरमा उकास्नेछ र अतिथिहरूलाई अझ समृद्ध अनुभव दिनेछ,’ उनले भने । होटलले आइपिओ ल्याउने तयारीसमेत गरेको छ । आइपिओको लागि कम्पनीले सेबोनमा निवेदन दिएर प्रक्रिया सुरु भइसकेकाे छ ।

You might also like

Comments are closed.