दोहोरो अंकले घटयो सेयर बजार

काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक २१।४८ अंकले घटेर २६ सय ९ दशमलव ६९ बिन्दुमा रोकिएको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने झिनो सुधार देखिएको छ । यसदिन ३२५ कम्पनीको १ करोड ७ लाख १८ हजार ६१५ कित्ता सेयर खरिदबिक्रि हुँदा ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रूपैयाँको कारोबार भएको छ ।

गत शुक्रबार ३३२ कम्पनीको १ करोड ८ लाख ७३ हजार ३७२ कित्ता सेयर खरिदबिक्रि हुँदा ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रूपैयाँको कारोबार भएको थियो ।

आज सबै समुहको सेयर घटेकोमा हाइड्रोपावरको १।२२, व्यापार १।२१, होटल तथा पर्यटन १।२०, माइक्रोफाइनान्स १।०४ र फाइनान्स १ प्रतिशत घटेको छ । आज २०४ कम्पनीको सेयर मूल्य घटेकोमा ४६ कम्पनीको बढेको छ भने ८ वटाको स्थिर रहेको छ । यस्तै ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

You might also like

Comments are closed.