दूध एक अत्यन्त संवेदनशील कच्चा पदार्थ हो । यसको आयु छोटो हुन्छ । जसले गर्दा दूध उत्पादन बढी भएको समयमा सही व्यवस्थापन गर्नु नै डेरी क्षेत्रको मुख्य चुनौती हो । यस्तो अवस्थामा दूधलाई ‘कन्भर्जन’ गरी चिज र छुर्पी जस्ता लामो समयसम्म भण्डारण गर्न सकिने दुग्धजन्य पदार्थको उत्पादन गर्नु बुद्धिमानी मानिन्छ ।
तुलनात्मक रूपमा बढी आयु हुने छुर्पी र चिजले डेरी व्यवसायलाई आत्मनिर्भर बनाउन दूधको खपत बढाउन तथा व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेल्छन् । यो व्यवसाय सञ्चालन गर्नु आफैमा कठिन, मिहिनेतपूर्ण र चुनौतीपूर्ण छ । तर, गुणस्तरीय उत्पादनबाट प्राप्त हुने उपभोक्ताको सन्तुष्टिले ती सबै चुनौतीहरू बिर्साउन मद्दत गर्दछ ।
यदि व्यवस्थित योजनाका साथ अगाडि बढ्ने हो भने पोखरामा मिठाई, मोही, चिज, छुर्पी, पनिर, बटर, दही र आइसक्रिम जस्ता उत्पादनको बजार माग निकै राम्रो छ । यस क्षेत्रमा सकारात्मक सोच भएका व्यक्तिहरूसँगको सहकार्यले मलाई व्यवसाय सञ्चालनमा थप ऊर्जा र प्रेरणा मिलेको छ ।




Comments are closed.