आर्थिक आवाज
गण्डकी अटो मेकानिकल वक्र्स एशोसियसनको २६औं वार्षिक उत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त ५५ जनाले गरेको रक्तदानको पहिलो रक्तदाता एशोसियसनका उपाध्यक्ष ४७औं रक्तदाता सन्तोष कुमार मिश्रलाई मनिपाल शिक्षण अस्पतालका निर्देशक डा. एन.एल. शर्मालाई ब्लड ब्याग हस्तातन्तरण गर्दै मेकानिक्सका लागि छुट सहयोग गरिने बताए ।
एशोसियसनका अध्यक्ष सानुमान जलारीको सभापतित्वमा भएको कार्यक्रममा रक्त संचार केन्द्रका प्राविधिक ध्रुवमणि लामिछाने, एशोसियसनका पूर्व अध्यक्ष सनत कुमार भट्टराई, चन्द्र जंग थापा, कुल बहादुर नेपाली, सल्लाहाकार कृष्ण थापा, आकास्मिक रक्तदान युनिट व्यवस्थापक हरिशचन्द्र शर्मा, रेडक्रस केन्द्रीय प्रशिक्षक सूर्य प्रसाद ढकाल, मानव अधिकार शान्ति समाजका अध्यक्ष अमृत शुवर्णकार, कास्की मोटर साइकल एशोसियसनका अध्यक्ष प्रेम गिरी, तालवाराही पत्रिका सम्पादक सूर्य सिकारु, कार्यक्रम संयोजक भीमलाल पौडेल, उपाध्यक्ष सन्तोष मिश्र, सचिव योगेन्द्र राज भण्डारी लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा पोखरा क्षेत्रका मेकानिक्सहरुलाई स्वास्थ्य प्राविधिक सचेतना समेत गराइएको थियो ।
Comments are closed.