lcci festival

स्वदेशी उत्पादनको प्रवद्र्धन र गुणस्तरः आजको आवश्यकता

संजिब मधिकर्मी, पूर्व अध्यक्ष, नेपाल दालमोठ उत्पादक संघ

नेपाली बजारमा स्वदेशी उत्पादनको उपस्थिति बलियो बनाउनु अहिलेको प्रमुख चुनौती र आवश्यकता दुवै हो । हामीले नेपाली उत्पादनको बिक्री बढाउनुपर्छ भनिरहँदा, त्यसको मेरुदण्ड भनेकै गुणस्तर हो । जबसम्म हाम्रा उत्पादनहरूले उपभोक्ताको विश्वास जित्न सक्दैनन्, तबसम्म बजार विस्तार सम्भव छैन । त्यसैले, हरेक उद्योगीले गुणस्तरलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।

नेपाल दालमोठ उत्पादक संघले उद्योगी व्यवसायीहरूको हकहितका लागि निरन्तर काम गर्दै आएको छ । तर, संस्थागत प्रयास मात्र पर्याप्त हुँदैन उद्योगीहरू स्वयं पनि प्रेरणादायी बन्नुपर्छ । नयाँ प्रविधि र आधुनिक उत्पादन प्रणाली अपनाएर हामीले विश्वस्तरीय उत्पादन गर्न सक्छौँ । व्यवसायीहरूलाई थप ऊर्जावान् बनाउन संघले समय–समयमा व्यावसायिक छलफल र अन्तरक्रिया गर्ने, सीपमूलक गोष्ठी तथा सेमिनारहरू आयोजना गर्ने, बजारका नवीनतम् प्रवृत्तिबारे जानकारी दिने कार्य गर्नु आवश्यक छ ।

निजी क्षेत्रको प्रयासलाई सार्थकता दिन राज्यको भूमिका अभिभावकीय हुनुपर्छ । स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरूलाई कर छुट, सहुलियतपूर्ण ऋण र निर्यातमा प्रोत्साहन दिने नीति राज्यले लिनुपर्छ । जब राज्यले व्यवसायीलाई उत्साही बनाउने वातावरण निर्माण गर्छ, तब मात्र मुलुक आत्मनिर्भरतातर्फ अघि बढ्न सक्छ ।

You might also like

Comments are closed.