नेपाल दालमोठ उत्पादक संघको २०औँ साधारण सभाको अवसरमा सम्पूर्ण उद्योगी, व्यवसायी र वितरकलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । वर्तमान अवस्थामा रोजगारीको अवसर न्यून रहेको अवस्थामा, दालमोठ र चमेना उद्योग कम लगानीमा संचालन गर्न सकिने भएकाले धेरै युवा यसतर्फ आकर्षित भएको देखिन्छ । तर बाहिरबाट सजिलो देखिए पनि खाद्य उद्योग सञ्चालन वास्तवमा चुनौतीपूर्ण छ ।
सरकारी नीति–नियम उद्योगीमैत्री नहुँदा धेरै अप्ठ्यारा भोग्नु परेको छ । कर प्रणाली अनुसार कर तिरेर पनि विभिन्न निकायमा नवीकरण गर्नुपर्ने, समयमै प्रक्रिया पूरा नभए चर्को जरिवाना लाग्ने अवस्था सिर्जना हुन्छ । खाद्य उद्योग भएकाले खाद्य अनुज्ञापत्र, नापतौल र उद्योग विभाग÷कम्पनी रजिष्ट्रारमा नविकरण आवश्यक हुन्छ ।
यस्ता चुनौतीबाट उद्योगीलाई सहज वातावरणमा ल्याउन संघको भूमिका महत्वपूर्ण छ । संघले नवीकरण प्रक्रिया सहजीकरण गर्ने, उद्योगीलाई जानकारी दिने, रेकर्ड राख्ने तथा सहकार्य र मित्रताको भावनाका साथ अघि बढ्नुपर्छ । संघले सक्रिय भूमिका खेल्दा उद्योगीहरू सहज, सुरक्षित र दिगो वातावरणमा व्यवसाय सञ्चालन गर्न सक्नेछन् । यसरी दालमोठ उद्योगले रोजगारी सिर्जना, स्वदेशी उत्पादन प्रवद्र्धन र अर्थतन्त्रमा योगदान पु¥याउनेछ ।



Comments are closed.