lcci festival

उद्योगी र वितरकको सहकार्य आवश्यक छ

प्रेमहरि मैनाली, अध्यक्ष, नेपाल वितरक संघ

नेपाल दालमोठ उत्पादक संघमा आवद्ध उद्योगीहरूले नेपालमै दालमोठ उत्पादन गरी स्वदेशी उत्पादनलाई बजारमा स्थापित गर्न सफल भइरहनुभएको छ । यो प्रयासले नेपाली उत्पादनको पहिचान बढाउनुका साथै आन्तरिक बजारलाई पनि सबल बनाएको छ । दालमोठ उत्पादनलाई उपभोक्तासम्म पु¥याउने क्रममा नेपालमा रहेका वितरकहरूको भूमिका पनि महत्वपूर्ण देखिएको छ । उत्पादक र वितरकबीचको सहकार्यले उत्पादनलाई बजारसम्म सहज रूपमा पु¥याउन सहयोग पुगेको छ ।

कुनै पनि उत्पादन सफल हुन बजारमा निरन्तर आपूर्ति, उचित वितरण सञ्जाल र उपभोक्तासँग प्रत्यक्ष पहुँच आवश्यक हुन्छ, जसमा वितरकहरूको भूमिका महत्वपूर्ण छ । उद्योगीले उत्पादन गरेको सामग्री उपभोक्ता तथा खुद्रा पसलसम्म पु¥याउने जिम्मेवारी वितरककै काँधमा रहने भएकाले आपसी विश्वास र सहकार्य बिना बजार विस्तार सम्भव हुँदैन । उद्योगी र वितरकबीचको सहकार्य अझ बलियो बन्दै गएमा आगामी दिनमा दालमोठको बजार थप विस्तार गर्न सकिनेछ । उद्योगी–वितरकबीचको समन्वय, साझा लक्ष्य र दीर्घकालीन सोचका साथ अघि बढ्न सके नेपाली दालमोठ उद्योगले अझ फराकिलो बजार प्राप्त गर्नेछ । स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता थप बलियो बनाउन आवश्यक छ । नेपाली उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि वितरकहरुको सधैं साथ र योगदान रहनेछ ।

 

You might also like

Comments are closed.