पोखरा । नेपाल स्टक हाउस प्रा.लि (ब्रोकर न: १४) पोखरा शाखाको आयोजनामा शेयर लगानीकर्ता सचेतना तथा तालिम कार्यक्रम सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना ग्राहकलाई शेयर लगानीकर्ता सचेतना तथा तालिम कार्यक्रम गरिएको हो ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वरिष्ठ लोक गायक पुरुषोत्तम न्यौपाने तथा गण्डकी इंभेस्टर फोरमका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ लगायत ३५० जनाको सहभागिता थियो। थिए ।
नेपाल स्टक हाउस पोखरा शाखा प्रमुख गोकुल रिमालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य पोखरा कार्यालयमा कार्यरत नारायण पराजुलीले गगरेका थिए ।






Comments are closed.