पोखरा । पोखरा महानगरपालिका वडा न १४ अन्तर्गत रहेको शितलनगर टोल विकास संस्थाको शितल बाल क्लवको अध्यक्षमा प्रमिशा के.सी चयन भएकी छन् । चौथो साधारण सभा तथा दोसो अधिवेसनले के.सीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
क्लवको उपाध्यक्षमा ओशन खाड ठकुरी, सविचमा शास्वत अधिकारी, कोषाध्यक्षमा इलेस गुरुङ, सह(सचिब सार्थक घिमिरे चयन भएका छन् । क्लवको सदस्य रेम्स खत्री, इलक थापा, युना थापा, मौसमी केशी, रियान खत्री , सोनिका पौडेल, सोहन बिक र आर्या बराल रहेका छन् ।
टोल विकास संस्थाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि चन्द्रेस्वोर बस्ताकोटीले क्लबमा आबद्ध बालबालिकालाई उत्प्रेणादायक बिचार सुनाएका थिए । बिशेष अतिथि डा सुवर्ण गिरी, क्लबका सस्थापन संरक्षक शितलनगर आमा समुहको निवर्तमान अध्यक्ष कबिता कार्की, आमा समुहका सललाहकार गंगा शर्मा, अध्यक्ष तारा थापा लगायतले बोलेका थिए ।
अधिबेशनमा निर्बाचन समिति संयोजक टोलबिकास सस्थाका निबर्तमान अध्यक्ष सुमित्रा अधिकारी घिमिरेको संयोजकत्वमा निर्बाचन सम्पन्न गरि दोस्रो निर्वाचित समितिलाई सपथ ग्रहण गराई बधाई तथा शुभकामना दिएकी थिइन् । कार्यक्रममा स्वागत प्रशन्न के.सी.ले गरेका थिए ।




Comments are closed.