काठमाडौं । ग्लोबल डेरी प्रा लि ले प्राइभेट लिमिटेडले स्थापना भएको ११ वर्ष पूरा गरी १२औँ वर्षमा प्रवेश गरेको छ । सोमबार आयोजित कार्यक्रममा डेरीका अध्यक्ष थानेश्वर न्यौपानेले उद्योगको निरन्तर यात्राप्रति हर्ष व्यक्त गरेका छन् ।
थानेश्वर न्यौपानेको नेतृत्वमा, कमल न्यौपाने र जनक न्यौपानेसहितको लगानीमा स्थापना भएको ग्लोबल डेरीले विगत ११ वर्षदेखि दुग्ध उद्योग क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । उद्योगले किसान–केन्द्रित उत्पादन प्रणाली, गुणस्तरीय दुग्ध उत्पादन तथा उपभोक्ता विश्वासलाई प्राथमिकतामा राख्दै आफ्नो पहिचान स्थापित गरेको छ ।
१२औँ वार्षिकोत्सवको अवसरमा अध्यक्ष न्यौपानेले उद्योगको सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सहयोगी कर्मचारी, हजारौँ किसान तथा लाखौँ उपभोक्ताप्रति हार्दिक आभार र शुभकामना व्यक्त गरेका छन् । उनले आगामी दिनहरूमा ग्लोबल डेरीले ग्रामीण अर्थतन्त्र सुदृढीकरण, किसानको आय अभिवृद्धि तथा समाजप्रति अझै ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
ग्लोबल डेरीले गुणस्तर, पारदर्शिता र दिगोपनलाई आत्मसात गर्दै नेपाली दुग्ध उद्योगलाई थप सशक्त बनाउने लक्ष्यसहित अगाडि बढिरहेको जनाएको छ ।




Comments are closed.