रिज लाइन इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको सर्वसाधारणतर्फ निष्काशित आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २८ गतेदेखि सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला गरेको हो ।

यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँड गरिसकेको कम्पनीले दोस्रो चरणमा कर्मचारी र सामूहिक लगानी कोषको हिस्सा सुरक्षित गरी बाँकी शेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आवेदन सि–आस्बा सदस्य बैंक तथा ‘मेरो शेयर’ प्रणालीमार्फत दिन सकिनेछ ।

You might also like

Comments are closed.