काठमाडौैं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) गण्डकी प्रदेशको दोस्रो प्रदेश अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गण्डकी प्रदेश अध्यक्षमा सिकन्दर गुरुङलाई निर्वाचित गरेको छ भने उनकाे नेतृत्वमा ९ सदस्यीय प्रदेश समिति गठन गरिएको छ । समितिमा उपाध्यक्ष चेतनाथ भण्डारी, सचिव बालचन्द्र घिमिरे, कोषाध्यक्ष शिव गुरुङ र सदस्यहरू तारा भट्राई, गणेश मल्ल, प्रेम भण्डारी तथा भोजराज अधिकारी रहेका छन् ।
अधिवेशनको अध्यक्षता केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश समायोजन समन्वय समितिका संयोजक तिलकबहादुर चौहानले गरेका थिए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारी प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराई र महासचिव प्रतापबहादुर थापा विशेष अतिथिका रूपमा सहभागी भएका थिए । अधिवेशनको सञ्चालन गण्डकी प्रदेश सचिव सिकन्दर गुरुङ र केन्द्रीय सचिव शान्ता तामाङले गरेका थिए ।



Comments are closed.