Infinix नेपालको सेल–आउट १३ प्रतिशत वृद्वि

काठमाडौं । Infinix नेपालले सन् २०२५ मा सेल–आउटमा १३ प्रतिशत वृद्धि गर्दै बजारमा आफ्नो उपस्थिति थप बलियो बनाएको जनाएको छ । कम्पनीका अनुसार गत वर्ष उत्पादन आपूर्ति ३५ प्रतिशतले बढाइँदा केन्द्रीय, पश्चिमी र पूर्वी क्षेत्रसम्म पहुँच विस्तार भएको छ, जसले बजारमा स्मार्टफोनको उपलब्धता बढाउनुका साथै बढ्दो मागलाई छिटो र प्रभावकारी रूपमा पूरा गर्न सहयोग गरेको छ ।

खुद्रा बजारमा बिक्री प्रक्रिया सुदृढ पार्ने, राष्ट्रिय तथा क्षेत्रीय वितरकसँग सहकार्य मजबुत बनाउने र युवामैत्री उच्च प्रदर्शन स्मार्टफोनप्रति उपभोक्ता विश्वास बढाउने कार्य कम्पनीका प्रमुख उपलब्धि रहेका छन् ।

कन्ट्री म्यानेजर पियुष गिरीका अनुसार कम्पनीले फोन उपलब्ध गराउने मात्र होइन, स्टोरस्तरमा बिक्रीको गुणस्तर सुधार र बजारको मागअनुसार छिटो प्रतिक्रिया दिनेलाई प्राथमिकता दिँदै सन् २०२६ का लागि बलियो आधार तयार गरेको छ ।

आगामी वर्ष बिक्रीको गति अझ तीव्र बनाउने, बजार कभरेज व्यवस्थित गर्ने र नेपालका बढ्दो स्मार्टफोन प्रयोगकर्तालाई गुणस्तरीय तथा किफायती प्रविधि निरन्तर उपलब्ध गराउने लक्ष्य कम्पनीले लिएको छ ।

You might also like

Comments are closed.