काठमाडौं । आगामी एक महिनाभित्र ६ वटा कम्पनीका विभिन्न समूहअन्तर्गतका सेयरमा लक–इन अवधि सकिने भएको छ । नियामकीय व्यवस्थाअनुसार लक–इन अवधि सकिनुभन्दा एक महिना अघि नै सार्वजनिक सूचना दिनुपर्ने प्रावधानअनुसार कम्पनीहरूले जानकारी गराएका हुन् ।
लक–इन अवधि सकिएपछि ती सेयर साधारण सेयरसरह नै दोस्रो बजारमा किनबेच गर्न सकिनेछ । फागुन महिनामा स्वस्तिक लघुवित्तको म्युचुअल फन्डतर्फको ११ हजार ५५० कित्ता सेयर (फागुन ११ गते) र बन्दीपुर केबुलकारको सामूहिक लगानी कोषतर्फको २ लाख ६४ हजार ७ सय कित्ता सेयर (फागुन २९ गते) लक–इनमुक्त हुँदैछन् ।
चैत महिनामा भने सागर डिस्टिलरीको ७२ हजार ६ सय कित्ता (चैत ११ गते), सामुदायिक लघुवित्त वित्तीय संस्थाको संस्थापकतर्फ २ लाख ३ हजार कित्ता र कर्मचारीतर्फ १ हजार ५ सय कित्ता (चैत ४ गते), झापा इनर्जीको २८ हजार ५१४ कित्ता (चैत ७ गते), सानिमा मिडिल तमोर जलविद्युत् कम्पनीको संस्थापक, कर्मचारी र आयोजना प्रभावित स्थानीयसमेत गरी कुल २ करोड ८३ लाख २६ हजार २५० कित्ता (चैत ७ गते) तथा बुङ्गल हाइड्रोपावरको १ लाख ३ हजार ७५० कित्ता सेयर (चैत १ गते) लक–इन अवधि सकिँदैछ ।
ठूलो परिमाणमा सेयर खुला हुने भएकाले यसले दोस्रो बजारमा आपूर्ति बढाउन सक्ने र मूल्यमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।


Comments are closed.