पोखरा भ्रमण वर्ष २०२५ को म्याद असार मसान्तसम्म थप

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को अवधि आगामी २०८३असार मसान्तसम्म थप गरिएको छ । पोखरा महानगरपालिकाकाले नगरसभाको निर्णयबाट भ्रमण वर्षको कार्यक्रमलाई निरन्तरता दिएको हो ।

यो निर्णयसँगै पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी बहादुर भट्टराईको कार्यकाल पनि थप भएको छ । पोखराको पर्यटन प्रवर्द्धनमा उत्साहजनक सहभागिता, प्रभावकारी कार्यान्वयन तथा सकारात्मक प्रतिक्रियाका कारण कार्यक्रमको म्याद थप गरिएको बताइको छ ।

भ्रमण वर्षमार्फत अपेक्षित लक्ष्यहरू अझ प्रभावकारी रूपमा हासिल गर्ने उद्देश्य राखिएको उल्लेख गर्दै संयोजक भट्टराईले यो कार्यक्रमले पर्यटन क्षेत्रको दिगो विकास, स्थानीय अर्थतन्त्र सुदृढीकरण तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा पोखराको पहिचान थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउन सफल भएको बताए ।

साथै कार्यक्रम सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने सबै सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै उनले आगामी दिनमा पनि निरन्तर सहयोग र सहकार्यको अपेक्षा गरेका छन् ।

You might also like

Comments are closed.