काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराईका केही स्थानमा हुस्सु देखिने सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने बाँकी पहाडी भूभागमा आंशिक बदली रहने जनाइएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुने सम्भावना रहेको छ।
आज राति तराईका थोरै स्थानमा तुवाँलो लाग्ने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ। साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



Comments are closed.