काठमाडौं । आज एक अमेरिकी डलरको खरीददर १४५.१२ रुपैयाँ र बिक्रीदर १४५.७२ रुपैयाँ तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर १०२.६१ रुपैयाँ र बिक्रीदर १०३.०४ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३७ रुपैयाँ र बिक्रीदर ९.४१ रुपैयाँ र एक साउदी अरेबियन रियाललको खरीददर ३८.६८ रुपैयाँ र बिक्रीदर ३८.८४ रुपैयाँ तोकिएको छ ।
त्यसैगरी एक यूएई दिरामको खरीदमूल्य ३९.५१ रुपैयाँ र बिक्रीमूल्य ३९.६७ रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीदमूल्य १०.०६ रुपैयाँ र बिक्रीमूल्य १०.१० रुपैयाँ र एक कुवती दिनारको खरीदमूल्य ४७५.३४ रुपैयाँ र बिक्रीमूल्य ४७७.३० रुपैयाँ कायम भएको छ ।




Comments are closed.