ललितपुर । लामिनार टाइल्सले ललितपुरको हरिसिद्धिमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। गोदावरी ग्रेनाईट एण्ड टायल्सको स्वामित्वमा रहेको इम्पोरियो स्तरको उक्त शोरूमको उद्घाटन संयुक्त रूपमा गोदावरी ग्रेनाईटका निर्देशक ओमप्रकाश गोयल र लामिनारका निर्देशक आशुतोष खेतानले गरेका थिए ।
कम्पनीले शोरूमलाई सामान्य टाइल प्रदर्शन स्थलभन्दा फरक, समग्र ‘उपयुक्त सतह समाधान केन्द्र’का रूपमा प्रस्तुत गरेको जनाएको छ। यहाँ आवासीय घर, व्यावसायिक भवन, होटल, अस्पताल, विमानस्थल तथा सार्वजनिक पूर्वाधार परियोजनाका लागि आवश्यकताअनुसारका सतह विकल्प अवलोकन गर्न सकिन्छ । भुईँ र भित्ताका लागि भित्री तथा बाहिरी प्रयोग, सुख्खा तथा भिज्ने क्षेत्रअनुसारका समाधान उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

लामिनारका टाइल नेपाल गुणस्तर (NS 617) प्रमाणित पूर्ण भिट्रिफाइड रहेको कम्पनीको दाबी छ। यिनको पानी अवशोषण दर ०.०८ प्रतिशतभन्दा कम रहेको उल्लेख गर्दै यस्तो अभेद्य संरचनाले टायललाई टिकाउ, संभार गर्न सहज र दीर्घकालीन बनाउने बताइएको छ। बर्दियाको गुलरिया स्थित उद्योगमा इटाली र स्पेनबाट आयातित ग्लेज र मसी तथा डिजिटल इंक सिस्टम प्रयोग गरी उत्पादन गरिने यी टायल अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार तयार हुने कम्पनीले जनाएको छ।
हाल लामिनारका ८ संग्रहअन्तर्गत ५५० भन्दा बढी डिजाइन उपलब्ध छन्। मार्बल, काठ, कंक्रिट लगायतका डिजाइनमा उच्च आवतजावत हुने स्थानका लागि नखिइने (PEI 5 abrasion resistance), नकोरिने (Mohs 9 hardness) र नचिप्लिने (R12 slip resistance) विशेषतायुक्त सतहहरू पनि उपलब्ध छन्। यसले पार्किङ, ओसिलो भुइँ, भिज्ने क्षेत्र वा व्यस्त सार्वजनिक स्थलमा समेत सुरक्षित प्रयोगको विकल्प प्रदान गर्ने कम्पनीको भनाइ छ।
शोरूम सञ्चालनसँगै लामिनारका उत्पादन सातै प्रदेशमा १९० भन्दा बढी डिलर सञ्जालमार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
उद्घाटन समारोहमा निर्देशक आशुतोष खेतानले बजारमा डिजाइन मात्र पर्याप्त नहुने उल्लेख गर्दै प्रयोग हुने स्थानअनुसार उपयुक्त सतह समाधान आवश्यक पर्ने बताए । हरिसिद्धिको शोरूम घरधनी, आर्किटेक्ट, इन्जिनियर तथा संस्थागत परियोजनाका लागि सही सतह छनोट गर्ने केन्द्र बन्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, गोदावरी ग्रेनाइट एण्ड टाइल्सका निर्देशक ओमप्रकाश गोयलले लामिनारले गुणस्तरमा निरन्तरता कायम राखेकै कारण बजारमा ठूलो विश्वास जितेको बताए ।
नेपाली उद्योगमै आधुनिक प्रविधि प्रयोग गरी उत्पादन भइरहेको पूर्ण भिट्रिफाइड टाइल अब हरिसिद्धिमा प्रत्यक्ष अवलोकन गर्न सकिने भएको छ । कम्पनीका अनुसार गुणस्तर, सुरक्षा र दीर्घकालीन प्रयोगलाई प्राथमिकतामा राख्दै सतह प्रविधिमा थप विस्तार गर्ने तयारी जारी छ।






Comments are closed.