निर्वाचन मौन अवधिमा SMS नियमन सम्बन्धी Sparrow SMS को प्रतिबद्धता

काठमाडौं । नेपालको अग्रणी SMS सेवा प्रदायक Sparrow SMS ले निर्वाचन आयोगले तोकेको ४८ घण्टे मौन अवधिलाई
पूर्ण सम्मान गर्दै आफ्नो SMS प्रणालीमार्फत राजनीतिक प्रचार–प्रसार पूर्ण रूपमा नियन्त्रण गर्ने व्यवस्था लागू गरेको जानकारी गराउँछ ।

निर्वाचन अवधिमा स्वच्छ, निष्पक्ष र मर्यादित वातावरण सुनिश्चित गर्न Sparrow SMS ले विशेष Keyword Block System सञ्चालनमा ल्याएको छ । यस प्रणालीमार्फत राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन प्रचारसँग सम्बन्धित सामग्रीहरू पहिचान गरी स्वचालित रूपमा अवरुद्ध गरिनेछ । यसले मौन अवधिमा कुनै पनि प्रकारको राजनीतिक प्रचारात्मक SMS प्रसारण हुन नदिने सुनिश्चित गर्दछ ।

Sparrow SMS का CEO मनोज थापा का अनुसार, “नेपालमा जिम्मेवार प्रविधि सेवा प्रदायकको हैसियतले हामी निर्वाचन आयोगका मार्गनिर्देशनहरू पूर्ण रूपमा सम्मान गर्छौं। लोकतान्त्रिक प्रक्रियाको सुरक्षा हाम्रो दायित्व हो र मौन अवधिमा डिजिटल माध्यमबाट हुने कुनै पनि दुरुपयोग रोक्नु हाम्रो मुख्य प्राथमिकता हो।”

उक्त अवधिमा राजनीतिक प्रचारसँग सम्बन्धित सन्देशहरू मात्र अवरुद्ध गरिनेछन् । अन्य सेवा जस्तै Bulk SMS, OTP, बैंकिङ सन्देश, सेवा सूचना तथा व्यावसायिक मार्केटिङ सन्देशहरू भने नियमित रूपमा सञ्चालनमा रहनेछन् । Sparrow SMS ले आगामी दिनहरूमा पनि कानुनी प्रावधान, नियामक निकायका निर्देशन तथा सामाजिक जिम्मेवारीलाई उच्च प्राथमिकतामा राख्दै आफ्ना सेवा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।

You might also like

Comments are closed.