काठमाडौं । आज सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुई प्रकारका मतपत्र प्रयोग गरिने भएको छ । निर्वाचन प्रक्रियालाई व्यवस्थित र स्पष्ट बनाउन प्रत्यक्ष तथा समानुपातिक तर्फ फरक–फरक चिन्ह र रङ प्रयोग गरिएको छ ।
प्रत्यक्ष तर्फको मतदानका लागि सेतो कागजमा रातो रंगमा छापिएको निर्वाचन चिन्ह रहनेछ, जसमा मतदाताले आफ्नो रोजाइको उम्मेदवारको चिन्हमा मतदान गर्न सक्नेछन् ।
त्यसैगरी, समानुपातिक तर्फको मतपत्र पनि सेतो कागजमै हुने भए पनि त्यसमा कालो रंगमा निर्वाचन चिन्ह छापिएको हुनेछ । मतदाताले समानुपातिक तर्फ आफूले समर्थन गरेको दलको चिन्हमा मतदान गर्नुपर्नेछ।
निर्वाचन आयोगले मतदातालाई मतदान गर्दा मतपत्रको रङ तथा चिन्ह राम्रोसँग हेरी सचेत रूपमा मतदान गर्न आग्रह गरेको छ ।






Comments are closed.