काठमाडौं । भोलि हुने निर्वाचनलाई लक्षित गर्दै सर्वसाधारण गाउँ फर्किएपछि उपत्यकाका सडकहरू सुनसान देखिएका छन् ।
निर्वाचनमा मतदान गर्न आ–आफ्नो स्थायी ठेगानातर्फ जाने क्रम बढेसँगै काठमाडौंका मुख्य चोक तथा व्यस्त सडकहरूमा सवारी चाप उल्लेख्य रूपमा घटेको छ । सामान्य दिनमा भीडभाड रहने नयाँ बानेश्वर, कोटेश्वर, कलंकी, महाराजगञ्जलगायत क्षेत्र आज अपेक्षाकृत शान्त देखिएका छन्।
यातायात व्यवसायीका अनुसार पछिल्ला दुई दिनदेखि लामो दूरीका सवारी साधनमा यात्रुको चाप बढेको थियो। मतदानमा सहभागी हुन उपत्यका बाहिर जानेको संख्या बढेपछि राजधानी केही खालीजस्तै देखिएको हो।
प्रशासनले भने निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ। निर्वाचनको दिन अत्यावश्यक सेवा बाहेक अन्य गतिविधि न्यून रहने अपेक्षा गरिएको छ।






Comments are closed.