काठमाडौं । आज हुने प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, व्यवस्थित र निष्पक्ष बनाउन सरकारले देशैभर हेलिकप्टरमार्फत हवाई गस्ती गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले संवेदनशील तथा दुर्गम निर्वाचन क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै हवाई गस्ती सञ्चालन गर्ने निर्णय गरेको हो । निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन Nepal Army का साथै निजी कम्पनीका हेलिकप्टर समेत परिचालन गरिने जनाइएको छ ।
देशैभर सेनाको हेलिकप्टर मात्र प्रयोग गरेर गस्ती गर्न सम्भव नहुने भएकाले अन्य निजी कम्पनीका हेलिकप्टरसमेत प्रयोग गर्ने निर्णय गरिएको स्रोतले जनाएको छ ।




Comments are closed.