काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिनको तुलनामा ३ हजार ५ सय रुपैयाँले बढेको हो । शुक्रबार सुन ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदी आज दिन ५ हजार ४ सय ७५ रुपैयाँमा कायम भएको छ ।




Comments are closed.