सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको सुरुआती अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर–४ मा जारी मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले अग्रता लिएका छन् ।

हालसम्मको मतपरिणामअनुसार सिंहले ९७६ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार तथा पार्टी सभापति गगन थापाले ७४४ मतसहित पछ्याइरहेका छन् ।

यस्तै नेकपाका उम्मेदवार डा. राजनीश रायले १९५ मत प्राप्त गरेका छन् ।

हाल बलरा नगरपालिकाको मतगणना भइरहेको छ। बलरा नगरपालिका अमरेश सिंहको गृहपालिका पनि हो ।

You might also like

Comments are closed.