काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा देशको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहेको छ। बाँकी पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ ।
सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहने अनुमान गरिएको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि बदली रहनेछ। देशका बाँकी भू–भागमा भने आंशिक बदली रहने मौसमविद्ले जनाएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविद्ले सम्भावित वर्षा र चट्याङबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।






Comments are closed.