काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणतर्फ उन्मुख हुँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो फराकिलो अग्रतालाई अझ मजबुत बनाएको छ । निर्वाचन आयोगको एकीकृत प्रणालीमा प्रविष्ट भएको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म देशभरबाट ८१ लाख ३६ हजार ९११ मत गणना भइसकेको छ ।
कुन दलको अवस्था कस्तो ?
१. राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) : पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ३९ लाख २२ हजार ८१६ मतसहित पहिलो स्थानमा सुरक्षित देखिएको छ । यो कुल गणना भएको मतको करिब ४८.२० प्रतिशत हुन आउँछ, जसले रास्वपाको पक्षमा जनलहर बलियो रहेको संकेत गर्दछ ।
२. नेपाली कांग्रेस (रुख) : दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ लाख २३ हजार ९६० मत प्राप्त गरेको छ । कांग्रेसले सुरुवाती चरणदेखि नै आफ्नो दोस्रो स्थान कायम राखेको छ ।
३. नेकपा एमाले (सूर्य) : तेस्रो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) ले ११ लाख २१ हजार ९६० मत प्राप्त गरेको छ ।
४. नेपाली कम्युनिस्ट पार्टी (तारा) : चौथो स्थानमा रहेको यस पार्टीले ५ लाख ७६ हजार ६८५ मत प्राप्त गर्दै आफ्नो उपस्थिति बलियो बनाएको छ ।
५. श्रम संस्कृति पार्टी (हत्केला) : यो पार्टी २ लाख ८४ हजार ७१८ मतका साथ पाँचौँ स्थानमा उक्लिएको छ ।
अन्य दलहरूको मत विवरण:
राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो): २ लाख ७२ हजार ३ मत ।
जनता समाजवादी पार्टी, नेपाल (छाता): १ लाख २१ हजार ७२८ मत ।
राष्ट्रिय परिवर्तन पार्टी: १ लाख १३ हजार ५६० मत ।
जनमत पार्टी (लाउडस्पिकर): ५९ हजार ९२५ मत ।
एकल चिह्न चकिया (जाँतो): विभिन्न दलहरूको साझा चिह्न चकियाले ४४ हजार ९६६ मत प्राप्त गरेको छ ।
नेपाल मजदुर किसान पार्टी (मादल): ३९ हजार ३७ मत ।






Comments are closed.